बिद्युत(@Oceanofsecrets7) 's Twitter Profileg
बिद्युत

@Oceanofsecrets7

कुरुपताभित्र सुन्दरता खोज्ने एउटा फकिर!!

ID:833893056357232640

linkhttps://mobile.twitter.com/search?q=from%3A%40oceanofsecrets7%20-filter%3Areplies&f=live calendar_today21-02-2017 04:16:12

71,7K Tweets

38,8K Followers

567 Following

बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

तिमि देख्दै नदेखी सुन्दरताको बयान गर्छौ,
मैले ऐना हेरेर बेहद मन् बुझाउनै सकिन।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

हाँसीहाँसी बिदा दिएकि थिई उसले,
त्यो प्रेम के प्रेम जहाँ छुट्ने डर नै थिएन।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

हरेकदिन फेरी रहने मान्छेहरुको भिडमा,
खै के पो खुशी देला र फेरिएको नयाँ सालले ।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

सँसारकै ठुलो खुशी उपहार दिनेछु,
आउनेछ मेरो मृत्युको खबर तिमिलाई।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

म चुरोटजस्तो
जिन्दगी बोकेर हिडिरहेछु
कसैले सिधै घृणाको व्यावहार गर्छ
कसैले प्रेमको नजरले हेर्छ
प्रेमिल ओठहरुमा चुमेर
अन्त्यमा खरानी बनाएर
भुईंमा कुल्चिन्छ
आखिर गन्तव्य भुईको
मित्रतासँग जोडिएको रहेछ
पहिला जस्तोसुकै खोलमा
सुरक्षित भएपनि।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

मन भन्छ उ फर्केर आउँछे,
म मनलाई भन्छु उसले तँलाई पनि झुट बोल्न सिकाएर गई।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

सम्झना याद कति आउँछ सोधिनौ,
सोधेको भए यो फिक्का जिन्दगी देखाईदिने थिएँ।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

न छातिमा टाँस्दा रिसाउँछ न चुम्दा झर्किन्छ,
यही एउटा तिम्रो तस्बिर छ जसले मेरो पिडा बुझेको छ।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

कति दिन भ्रममा बाँच्न सकिने रहेछ र हजुर,
अब त बिस्तारै मनले पनि पत्याउन छोड्यो।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

भुर्र उडेर गयो तिमिलाई पाउने भाग्यपनि,
समयले गुलेली हानेछ क्यारे निधारमा।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

मन रित्तो छ
केही पोखिन चाहन्छ
तर सक्दैन
शब्द खोज्छ
तर भेटिन्न
श्वास चले झै लाग्छ
तर ऐठन छुटिन्न
हो थाहा छ
कतिसँग जीवन छैन
कति सँग अङ्ग छैन
कतिसँग म झैँ सुबिधा छैन
जो छ मसँग
कतिले कल्पना मात्र गर्न सक्छन
तैपनि
म बेचैन
व्यग्र विकराल
आखिर किन?
आफ्नै प्रश्नको उत्तर
जो मैसँग छैन।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

निभाएर गयौ प्रिय तिमि प्रेमको दियो,
के गर्छौ नि यदि बाटैमा रात पर्यो भने!!

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

मैले तिमिबाट म छु भन्ने भरसम्म पाईन,
तिमिले म धुवाँ भएको खबरसम्म पाउँदीनौ!!

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

ठुलो कुरा हिम्मत नहार्नु रहेछ,
टुटाउन त कुनै प्रहर बाँकी राखेन नियतिले।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

तिमीसँग जे थियो अरुसँग थिएन,
सोचेको छु अब कसैसँग प्रेम नहोस् ।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

आफु नै हराएको थाहा पाईन मैले,
उसलाई पाउने पर्खाई चलिरह्यो।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

मैले बिर्सेको हुँ आफैलाई माया गर्न,
तिमीलाई त मैले जिवन सुम्पिएको थिए।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

सुरु सुरुमा म तिमीबिना मर्छु भन्नेहरु
मरिहाले पो माया प्रेममा बिश्वास गर्न हुन्थ्यो !!

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

तिमी ढुङ्गा थियौ र त मुर्ति बन्यौ,
म फूल भएर लासमा चढिन पर्यो।।

account_circle
बिद्युत(@Oceanofsecrets7) 's Twitter Profile Photo

धेरै त जान्दिनँ म प्रेमको बारेमा,
बस् तिमिलाई अगाडि देखे मेरो खोज समाप्त हुन्छ।।

account_circle