Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profileg
Kamal Bhattarai

@KamalBh12278882

हो गार्हो छ,ईमान्दारीताको बाटो हिड्न तर पनि म अविचलित संघर्षरत छु!कुनै पार्टी,नेताको होईन,देशको पुजारी,हाम्रो होईन,राम्रो र सत्यतामा समर्पित,यात्रा निरन्तर!🙏

ID:1055672096297086977

calendar_today26-10-2018 04:06:56

29,3K Tweets

15,3K Followers

13,4K Following

Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

आक्रोशमा परिवर्तन धैर्य,डर्न छाडीदिए मैले!सधैं कति सुन्ने सत्ताको गलत निर्णय,मुख खोलिदिएँ मैले!छताछुल्ल झुठ बेचिएको छ,कुनामा दबिएको सत्य उठाएँ मैले!देश तहसनहस पार्ने नेता मिडिया,सिंहदरबारमा उफ्रेको मेडिसिटीमा सुतेको देखे मैले!सबैको बाँच्ने अधिकार भन्थे,भोक आर्यघाटमा देखे मैले!!🌛

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

१,केही सकारात्मक सुनीन्छ की भन्दाभन्दै वर्षौं बितेर गए,कानुनी भाषाको बजेट गरिनेछ हुनेछ,गरिने हुने केही छैन लुटिनेछ,देशको आय भन्दा माथीको बजेट कसरी सहि हुन्छ मुर्ख?२,तमाम मिडियाहरु एउटा मालिकका दास प्रथामा रहेछन,३,प्रदेश अदालतले चलाउने भए व्यवस्था फेल होईन र?कसो मुटुका बिरामीहरु😪

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

मच्चियो थच्चियो संघिय गणराज्य लत्रियो थाहाँ छैन अन्तिम सास फेर्ने कहिले हो! बेरोजगारीले खाडीमा लखेट्यो युवा लुटतन्त्रले आजित रुन्छन् वृद्ध बुबा! गणतन्त्रमा असम्भव केही छैन संवैधानिक पदमा बस्छ तस्करी गर्छ किर्ते महल बनाउछ सिकिस्त विरामीले हेलिकप्टरको भारी ढोका आफै बन्द गर्छ !?? 🤧

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

हामी नेपालीको स्वाभाव छ रात दिन भन्दैनौं घाम पानी सँग डर्दैनौं परिश्रम बाट पछि हट्दैनौं!तर देशको बेथितिले यति थकायो की नैराश्यता निकै बढायो! हिजो देखि चितवनमा लाईन छैन बिद्दुतका हटलाइन समेत कुनै फोन उठ्दैन,राज्य,प्रदेश,देशका अरु आन्तरिक निकायहरु कसैलाई उत्तरदायित्वको बोध छैन!🤒🌥️

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

सोधे भने तिमीलाई सधैं हाँस्नुको रहस्य शिर निहुराएर सिउँदोको सिन्दुर देखाई दिए, आफ्ना जल्ने छन् पराईले गर्व गर्ने छन् धेरै खोतले भने वर्तमानको चल्तीचलन यस्तै छ भनदिए! तिमी मलाई घाममा छाया पानीमा ओत दिनेलाई, निष्ठुर बनाउने खोज्ने यो अकिञ्चन सहरको कान फुकदिए की घृणालाई ठाँउ छैन!🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

राष्ट्रियताको बलियो पहरामा कुहिना ठोक्ने दुस्साहस यदा-कदा नभएको होईन,तर गरीब भएपनि आम नेपालीको एकजुटताले देश बाँची रह्यो!देशको लागी अवाज उठाई रहेका या कसैलाई बहिष्कार गर्न खोजेका जनमानस लाई कुनै अमुक पार्टी र व्यक्तिका शुभचिन्तक भन्नु एकदमै गलत भाष्य हो,बाँकी विवेक सोच आ-आफ्नो!🌞

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

हिसाब राजतन्त्र सँग मागेर देशको ढुकुटी गणतन्त्रलाई बुझाएर, संघियता ल्याएर, जिवन यापन सडकपेटीमा सुतेर, सवाल दुई फाँको को थियो, कसतो व्यवस्था को लागी लडियो, न बाँच्नु न मर्नु कस्तो दोधारमा परियो ! ??🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

भेटी चढाए पछि मात्र घन्टी पनि राम्रो सँग बज्छ,रङ्गमञ्च कर्मी,राजनितिज्ञ या मिडिया सबै व्यपारी हुन नाफा नोक्सानको लेखाजोखा नगरी सहानुभूति मा मात्र बोलेका पक्कै होइनन,नागरिक यति बेला तातो पलाम झैं भएका छन मनोदशा बुझेर घन हान्ने अराजक नौला नेता पनि यहाँ छन सिस्टममा कोही केही छैन !🌥️

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

आम नागरिकलाई पिडाले दबाउँदा बैरो सरकार सुन्दैन ऊ भोकले बर्बराउँदा, ए मुर्ख कति प्यारो सत्ता वर्षौं भयो आएको प्रजातन्त्र, बिपीका अनुयायीहरु किन बौलाएको पुष्पलालका अनुयायीहरुले किन रबी बोकेको,माओका अनुयायीहरु चुप बसेको देश लुट्न जनता धुत्न कति जानेको, मिडियाले तमासा कति लेखेको!😞🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

गलत व्यवस्था, सत्ताका भोका नेता, उत्छृङ्खल कार्यकर्ताले यो देशलाई यसरी भाँडेकी कतैबाट उज्यालो देखिदैन! संविधान लेख्नेले यस्तो पेचिलो लेखेकी अपराधी उम्किन मिल्ने धारा केलाउन कालो कोटलाई गार्हो हुदैन,कानुन निमुखालाई यति महंगो भयोकी ठुलाबडालाई सस्तो, अस्पताल सेटिङको अड्डा???🤕🙊🙉🙈

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

अरुलाई मुर्ख ठाने आफैं महामुर्ख बने,महान बन्ने शौक थियो रसातलमा धसियो,दुनियाँ बदल्छु भन्ने भित्तामा टाँसीयो!भन्थे बुढापाकाले नजानेको काम नगर्नु आफ्नो लयमा हिडेका सँग टाँग नअडाउनु!अतालिएका छन चक्रव्यूह रच्दै,अडिगछ ऊ नथाक्ने बाटो जस्तै!खेल् खेल हारजित स्वाभाविक हो झुठो या साँचो!🌛

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

१,सहकारी छानबिन गर्नको निम्ति सरकार नछाड्ने तर पद छाडेर धरपकडको काम आफ्नै पार्टीका कुनै योग्य व्यक्तिलाई सुम्पेर सबै भ्रष्टका फाईल खोल्नै पर्छ!२,देशका चर्चित व्यक्तिहरुलाई जुन आलोचना भएकोछ यदि सबै सभापतिका समर्थक हुनभने कुनै दल या व्यक्तिले लाखौं जनतालाई नजरअन्दाज गर्न सक्दैनौ?🤔

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

हजार करोडको कंपनीमा ४,५ हजार जनाले परिश्रम गर्छन् MDले मेनेजर मार्फत सबैको दुख सुख बुझेको हुन्छ, नेपालमा सय करोडको कंपनी रहेछ सय जना जति कामदार त्यो पनि तलब नपाएर धर्ना,सबै मिडिया सामाजिक अगुवा रंगमञ्च कर्मी,राजनितीका ठुलो जत्था र संघ संस्थालाई पालनपोषण गरेरै होला सबै भु.....??😞

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

तिमी गाउँमा भत्कियौ म सहरमा भत्किएँ,तिमी कतै दूरदराजमा म सिँहदरबारको नजिक भत्किएँ,भत्कियौं सँगसँगै! तिमी र म हेर्छौं हत्केलामा शौभाग्य,राजनितीज्ञले हेर्छ कुबेरको खजाना सत्ता! तिम्रो र मेरो सपना सबै टुटीसके,स्वाधिनता लुटीसके! निधारमा एक धर्को टिका माटोको,खोई कानुनी राज्य एकताको!🌙

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

बाबा स्वर्गवास जानु भन्दा पहिला भन्दै हुनुहुन्थ्यो हेर छोरा पैसा बोल्छ खासै पत्यार लागेन,मन मारेर ज्यान सुकाएर, कसैलाई धोका दिएर,अनैतिक क्रियाकलाप गरेर,कानुन मिचेर,कर चोरी गरेर धन आर्जन गर्न तर्फ लागिएन,तर यतिका वर्ष पछि थाहाँ भो की बाबाले ठिक भन्नुभएको रहेछ - पैसा बोल्छ?????🤒

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

हे शान्तिदुत, हेर तिम्रा देशका उत्छृङ्खल मुर्ख! अहिले नेपाल दुई धारमा विभाजन भएको एक आमवर्ग जो देशलाई माया गर्छ आर्को जो धनदौलत लाई सर्वोपरि ठान्छ,उ गलत भए पनि दासत्व स्वीकारेको छ नेता देखि मिडिया,अगुवा,नाट्यकर्मी,उद्दमी, भ्रष्टहरु तर्सेका छन् तर पनि उसले राजनिती दाउमा लगायो!??🌦️

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

राम्रा दिनको आसमा पुगियो उत्तरार्धमा,प्राकृतिले देश राम्रो दिएको थियो बिडम्बना नेता मिडिया कुपुत जन्माईदियो,म ठुलो भन्ने होडबाजी सुशासन बागमतीमा सिंहदरबारमा हल्लीखल्ली,सुनसान बजार सडकहरु कान्तिपुरमा भेला मगन्ते जोगीहरु,सगरमाथा पग्लेको छ पेटको आगोले मन जलेको छ धनाढ्य पुजेको छ!!🌛

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

हजुरबाले उहाँको कथा सुनाउनु हुन्थ्यो आदरले टाउको झुक्थ्यो,एक पटक उहाँले भन्नु भएको रहेछ गाउँका बासिन्दा हरुको वस्तुस्थितिको जानकारी नभए सम्म गरिबीको समस्याको छेउ पनि बुझ्न सकिदैंन! आज उहाँका अनुयायीहरू धनाढ्यका शयनकक्ष सम्म पुग्ने ल्याकत राख्छन् जन्मिदै अर्बपति हुन्छन्????????🤕

पाल्तु कुकुरलाई थाहाँ हुदैन घरमा घुस्ने मानिस सहि हो की गलत उसलाई मालिकले हाड खुवाएर पालेको हुन्छ घरको रक्षा गर्न उसले कर्तव्य ठान्छ! भनिन्छ नी एक हात देऊ दुई हात लेऊ, दुई हात लिने हरु उफ्रेको देख्दा अचम्म लागेन धमिराको ईलाज सुरुमा नगरे घरै ढल्ने जोखिम रहन्छ सावधान?????,🙈🙉🙊

account_circle
Kamal Bhattarai(@KamalBh12278882) 's Twitter Profile Photo

यो किसिमका कलह आपसी मनमुटावले पार्टी र नेताले पालेका झुन्डले थपडी बजाएको सुन्न त राम्रो लाग्ला, तर देश कमजोर बन्दै जान्छ, डिजीटल युग हो दुनियाले हामीलाई कुन नजरले हेर्छ न्याय निकाय देखि मिडिया अदालत सम्म भागबन्डा हुदाँ को सहि को गलत छुट्याउन पनि मुस्किल,किन लथालिङ्ग हँ मनुवा???🤧

account_circle